फिल्म छायांकार रामशंकर प्रधानको निधन

सहयात्रा टिभी

काठमाडौं । असार १, नेपाली फिल्म छायांकार रामशंकर प्रधानको आइतबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।

उनी मृगौला रोग थिए साथै वीर अस्पतालमा डाइलासिस गराउँदै आएका थिए ।

प्रधानले लगनगाँठो, चक्रव्यूह, पूजा, अनमोल, कर्णवीर, अजम्बरी नाता, पर्खीबसेँ, जीवनमृत्यु, सुन्दर मेरो नाम, मन मुटु र माया, खुशी, प्रीतिको फूल, ज्यान हाजिर छ, चोट, मनकामना, तपस्या, मिलन, सौता, महादेवी, नाता, श्रीस्वस्थानी, सान्नानी, चेली, रगत, चलचित्र, छोरो, फेरि तिम्रो याद आयो, अंगालो अंगालोमा, दामीनीसहित दर्जनौं फिल्महरु छायांकन गरेका थिए ।

 

 

प्रकाशित : 15 June, 2021

प्रतिक्रिया दिनुहोस्