मृत्यु घोषित गरिएका व्यक्ति जिउँदो भएपछि

काठमाडौं । असार १, जिओना चाना संसारमा सबैभन्दा ठूलो परिवार भएको व्यक्ति हुन् ।
मधुमेहका बिरामी ७६ वर्षीय चानालाई दुई दिनअघि मात्र त्रिनिटी अस्पतालमा मृत घोषणा गरिएको समाचार सार्वजनिक गरिएको थियो।
हाल उनी जिउँदै भएको समाचार सार्वजनिक भएको छ। उनका परिवारलाई उद्धृत गर्दै लेखिएको समाचारमा उनी जिउँदै रहेको बताइएको छ। उनको धड्कन अझै चलिरहेको र शरीर अझै तातो रहेको बताइएको छ।