भोलिदेखि पेट्रोल पम्प बन्द हुने

काठमाडौं । असार १, काठमाडौं उपत्यका लगायत अन्य क्षेत्रका पेट्रोल पम्प भोलि बुधवारदेखि बन्द हुने भएको छ ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका कार्यकारी कार्यालय सचिव नारद भण्डारीले फ्रन्टलाइनमा काम गर्ने मजदुरलाई कोरोना विरुद्धको खोपको व्यवस्था नगरिएको भन्दै पम्प बन्द गर्न लागिएको हो ।
त्यस्तै धादिङ बाहेक काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप लगायतका सबै पम्प बन्द हुने उनले बताए भने सरकारले खोप लगाउन सुरु गरे यो निर्णय फिर्ता हुने उनको भनाई रहेको छ ।