गायक विमलको नयाँ गीत ‘मायाको दुरी’ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । असार १, गायक विमल गौतमले आफ्नै शब्द, संगीत र स्वरमा ‘मायाको दुरी’ बोलको गीत सार्वजनिक गरेका छन् ।

उनको आफ्नै युट्युब च्यानलमा सार्बजनिक गरेको लिरिकल भर्सनको गीतमा मोहित मुनालले एरेन्ज गरेका छन् भने सागर पाण्डेको रेकर्ड र किसन श्रेष्ठको मिक्सिङ रहेको छ ।

यसअघि उनले ‘रुपको झट्का’, ‘घरबेटी बा’ लगायतका गीत सार्बजनिक गरिसकेका विमलले कोरोना संक्रमणले ग्रसित बनाएर आराम गरेको समयमा त्यतिकै के बस्ने भनेर पहिलै रेकर्ड भएर बसेको एउटा गीतको लिरिकल भिडियो बनाएको बताउँछन् ।

भिडियोः

 

 

 

 

 

प्रकाशित : 15 June, 2021

प्रतिक्रिया दिनुहोस्