अक्षय कुमारको ‘बेल बटम’ जुलाई २७ बाट हलमा रिलिज हुने

सहयात्रा टिभी

काठमाडौं । असार १, बलिउड नायक अक्षय कुमार अभिनित चलचित्र ‘बेल बटम’ जुलाई २७ तारिखबाट हलमा नै रिलिज हुने पक्का गरिएको छ ।

नायक अक्षय कुमार र यसको निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गर्दै हलमा नै चलचित्र रिलिज हुने घोषणा गरेको हो ।

दोश्रो चरणको कोरोना भाइरसको संक्रमणपछि विस्तारै भारतका विभिन्न राज्यहरु लयमा फर्किने तयारीमा छन् ।

यो चलचित्रका लागि ओटीटी प्लेटफर्मबाट पनि आकर्षक मुल्यमा खरिदको अफर आएको थियो । तर, चलचित्रका निर्माता बासु भगनानी र नायक अक्षय कुमारले हलहरुलाई लयमा फर्काउनका लागि चलचित्रलाई हलमै रिलिज गर्ने सोच बनाएका थिए ।

 

 

 

 

 

प्रकाशित : 15 June, 2021

प्रतिक्रिया दिनुहोस्