अफ्नो सबै सम्पत्ति बेचि जम्मा भएको रकमले मंगल ग्रहमा बस्ती बसाउनेः एलन मस्क

सहयात्रा टिभी

काठमाडौं । असार १, एलनले सोमबार आफ्नो आधिकारिक ट्विटरमार्फत क्यालिफोर्नियास्थित बिक्री हुन बाँकी घर बेच्ने निर्णय गरेको अमेरिकी वेभसाइट इन्साइडरले जनाएको छ।

एलनले क्यालिफोर्नियामा रहेको विशेष घर एक ठूलो परिवारलाई बेच्ने इच्छा व्यक्त गरेका छन्।

केही महिनादेखि एलनले आफ्नो सबै सम्पत्ति बेचेर रकम जम्मा गर्ने बताउँदै आएका छन्। जुन रकम उनी मंगल ग्रहमा बस्ती बसाउन प्रयोग गर्नेछन्। इन्साइटरका अनुसार उनी सन् २०५० सम्ममा १० लाख मानिसलाई मंगल ग्रहमा पुर्याउने योजनामा छन्।

एलनले कर तिरेको बेलामा सम्पत्ति अमेरिकी १४ बिलियन डलरले बढेको थियो।

एलनले गत बुधबार भने अब सबै कर तिर्ने बताएका छन्। ट्विटमा गर्दै उनले आफ्नो सम्पत्ति भनेको क्यालिफोर्निया बे क्षेत्रमा भएको घर रहेको समेत बताए।

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 15 June, 2021

प्रतिक्रिया दिनुहोस्