थप २७४५ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४१

काठमाडौं । असार १, नेपालमा २७४५ जना नयाँ संक्रमित थपिएका छन् ।
विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १६८१ जना र एन्टीजेन परिक्षणबाट १०६४ जना गरि जम्मा २७४५ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख १२ हजार २०२ रहेको छ भने संक्रमित मध्ये पाँच लाख ४० हजार ४३९ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ६३ हजार २५७ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४१८७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ४१ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ८५०६ पुगेको छ ।