सिन्धुपाल्चोकमा बाढिः हाल सम्म ७ जनाको मृत्यु

सिन्धुपाल्चोक । असार २, सिन्धुपाल्चोकको मेलम्चीमा होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हेलिकप्टरद्धारा उद्धार गरेको छ ।
चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । उनीहरु बस्दै आएको रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो ।
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी–पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गरेका छन् ।