डोटीमा पहिरोमा पुरिएर एकको मृत्यु

डोटी । असार २, डोटीको केआई सिंह गाउँपालिका–३ बाासुदेवीमा पहिरोमा च्यापिएर ६५ वर्षीय खडकबहादुर बमको मृत्यु भएको छ ।
भिषण वर्षाका कारण खानेपानी अवरुद्ध भएपछि पानी फर्काउन मुहान गएका बेला खिरणा खोलाको पहिरोमा परेर मृत्यु भएको हो । स्थानीय खगेन्द्र बडैलाका अनुसार पहिरोमा च्यापिएर दुई बालिका पनि घाइते भएकी छन् ।
जेठ ३० गते रातीबाट डोटीमा निरन्तर वर्षा भइरहेको छ भने वर्षाका कारण ग्रामीण क्षेत्रका अधिकांश सडकहरु समेत अवरुद्ध भएका छन् ।