आजको मौसम पूर्वानुमान

काठमाडौं । असार २, आज देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम विभागले जनाएको छ ।
आज देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।
आज रातीपनि देशभर सामान्य देखि पूर्ण बदली रहने, देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तैगरी सबैभन्दा धेरै हिजो पोखरमा १ सय १० मिलिमिटर पानी परेको छ । दाङमा ५० दशमलव ८ मिलिमिटर, धनगढीमा ५२ मिलिमिटर, नेपालगञ्जमा ४५ मिलिमिटर, बिरेन्द्रनगर सुर्खेतमा ४७ दशमलव ४७ मिलिमिटर, काठमाडौंमा १२ मिलिमिटर बर्षा भएको छ ।