सिन्धुपाल्चोकमा प्राकृतिक बिपत्तिका कारण ५० जना वेपत्ता

सहयात्रा टिभी

सिन्धुपाल्चोक । असार २, स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङमा अनुसार मङ्गलबारदेखि अविरल रुaपमा परेको बर्षाले सिन्धुपाल्चोकमा ५० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

सांकेतिक तस्बीर

सामाजिक सञ्जाल फेसबुकमा बाढीले क्षतविक्षत बनाएका केही तस्विरहरु राख्दै तामाङले लेखेका छन् । “मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको छ ।”

बाढी र पहिरोलले सिन्धुपाल्चोकको नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ । उनले यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गरेका छन् ।

 

 

प्रकाशित : 16 June, 2021

प्रतिक्रिया दिनुहोस्