पोर्चुगलको सानदार जित

काठमाडौं । असार २, साविक विजेता पोर्चुगलले १६औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ।
मंगलबार भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो।
कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने राफायल गुइरेरोको नाममा एक गोल रह्यो। जितसँगै समूह ‘एफ’ मा रहेको पोर्चुगलले महत्वपूर्ण ३ अंक जोडेको छ।