तेस्रो लहरमा बालबालिका मात्रै बढी संक्रमित हुनेछन् र ?
काठमाडौं । असार २, नेपालमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहरका कारण निषेधाज्ञा जारी छ भने तेस्रो लहर पनि आउन सक्ने भविष्यवाणीसमेत गर्न थालिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी संक्रमित हुने पूर्वानुमानसहित स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।
तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुने भन्दै बालबालिकाका लागि २० प्रतिशत बेड र आईसीयू, एचडीयू, भेन्टिलेटर आदि तयारी अवस्थामा राख्न देशभरका सबै अस्पताललाई निर्देशन दिएको बताईएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुनले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आएमा जनस्वास्थ्यका नियमहरु पालना नगरी हेलचक्य्राइँ गरे बालबालिकामात्रै नभएर सबै उमेर समूहका नागरिक उस्तै जोखिममा पर्ने बताउँछन् । ‘पहिलो लहरमा वृद्धवृद्धा बढी संक्रमित भए रे, दोस्रो लहरमा युवा संक्रमित भए रे र तेस्रो लहर आउँदा बालबालिका बढी संक्रमित हुन्छन् भन्ने हुँदैन,’ उनी भन्छन्, ‘कोरोनाले पालैपालो निश्चित उमेर समूहलाई संक्रमित गर्छ भन्ने हुँदैन ।’