स्याङ्जामा जीप दुर्घटनाहुँदा १ को मृत्यु

स्याङ्जा । असार २, आज बिहान स्याङ्जाको भीरकोट नगरपालिका–४ दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग१ज ४९४० नंको जीप बिहान १०ः१५ बजे भीरकोट–४ दभुङठाँटीमा दुर्घटना हुँदा जीपमा सवार भीरकोट–३ का ३६ वर्षीय गणेशजङ्ग अधिकारीको भीरकोट नगर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।
ग्रामीण कच्ची बाटोबाट जीप झण्डै पाँच मिटर तल खस्दा जीपमा सवार भीरकोट– ३ का मनु भन्ने विकास थापा (जीप चालक), सोही स्थानका ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीय रुकबहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ, पुतलीबजार नगरपालिकाकी २४ वर्षीय दिनेश परियार घाइते भएका छन् ।