बाढीले पुल बगाएपछि…

सहयात्रा टिभी

नवलपुर । असार ३, अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले बौदीकालीमा जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १ र २ जोड्ने निर्माणाधीन पुल बगाएको छ ।

त्यस्तै बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिनुभयो ।

प्रदेश सरकारको रु तीन करोड ५० लाखको लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो । यसैबीच अविलरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीका कारण नवलपुर र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेको छ ।

 

प्रकाशित : 17 June, 2021

प्रतिक्रिया दिनुहोस्