असार ७ गते पछि लकडाउन अझ खुकुलो बनाइने

काठमाडौं । असार ३, सीसीएमसी निर्देशक समितिको बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यकवस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको छ।
बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाजस्ता देशहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।
बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ।