इटाली युरो कपको नकआउट चरणमा

सहयात्रा टिभी

काठमाडौं । असार ३, इटाली युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ।

रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो।

समूह ‘ए’ मा इटाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ। लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ। इटाली समूहको शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो।

 

प्रकाशित : 17 June, 2021

प्रतिक्रिया दिनुहोस्