प्राकृतिक विपद्मा सबैलाई जिम्मेवार बन्न आग्रह: पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । असार ३, बिहिबार एक प्रेस नोट जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्मा सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
ग्रामीण र शहरी बस्तीका बासिन्दाको उठिवास भएको खवरले दुःख बनाएको शाहले बताएका छन् ।
उनले भनेका छन् – ‘कोरोनाको महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटानजस्ता प्राकृतिक विपत्ति हामिकहाँ आइपरेको छ ।’उनले थपे – ‘हिमाल, पहाड र तराईका धेरै जिल्लाहरुमा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण र शहरी बस्तीका बासिन्दाहरुको उठिवास भएको दुखद खवर सुन्दा, देख्दा हामिलाई दुखित तुल्याएको छ ।’