सुन–चाँदीको मूल्य घट्यो, कतिमा भईरहेको छ त कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । असार ३, नेपाली बजारमा सुनको मूल्यमा घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।

त्यस्तै महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।

यता, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १३४० कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : 17 June, 2021

प्रतिक्रिया दिनुहोस्