शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने ?

सहयात्रा टिभी

काठमाडौं । असार ३, पानी सबैलाई चाहिने एक तत्व हो । हामीले पानी जतिबेला चाहियो, जसरी चाहियो, जति मात्रामा चाहियो पिउन सक्छौँ भन्ने धारणा बनाएका हुन्छौँ तर यो गलत हो।

पानीले हाम्रो शरीरमा रहेका सबै अङ्गलाई ठीक गर्नेदेखि लिएर शरीरमा बन्ने विषालु तत्वहरुलाई बाहिर निकाल्नका लागि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

पेटदेखि छालासम्म होस् वा तौल बढाउनेदेखि तौल घटाउनेसम्म महत्वपूर्ण भूमिका खेल्ने गर्दछ पानीले। त्यसैले पानीको सही मात्रा, यसलाई पिउने सही समय र पानीलाई कुन तरिकाले पिउँदा कस्तो कस्ता फाइदा र बेफाइदा हुन्छन् भन्ने बारे जान्न अत्यन्तै जरुरी हुन्छ।

सही तरीकाले पानी नपिउने कुनै पनि मानिसले चाहे जतिसुकै स्वस्थकर खाना खाए पनि त्यसको फाइदा शरीरलाई हुँदैन। जसका कारण भविष्यमा मानिसले स्वास्थ्य सम्बन्धी अपच, कब्जियत, ग्याष्ट्रिक, कलेजो सम्बन्धी समस्या, आलश्य, किड्नीको पत्थरी, प्रतिरोधात्मक क्षमतामा कमी, समय–समयमा बिरामी हुनु, दाद, छालाको एलर्जी, मुखमा दाग धब्बा, शरीर बारबार चिलाउनु, टाउको दुख्नु जस्ता समस्या भोग्नु परिरहेको हुन्छ।

एक दिनमा कति पानी पिउने ?
हरेक दिन नियमित पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदा जनक मानिन्छ। पानीले शरीरका सबै अङ्गलाई राम्रोसँग काम गर्न मदत गर्दछ। मानिसले एक दिनमा कति पानी पिउने भन्ने बारे जान्न अत्यन्तै जरुरी छ।

सामान्य सबै मानिसले एक दिनमा कम्तिमा पनि तीन लिटर पानी पिउनु पर्दछ। तर गर्मी मौसम धेरै पसिना निस्किने, व्यायामहरु धेरै गर्ने मानिसले भने पानीको मात्रा सामान्य मानिसहरुको भन्दा बढाउन जरुरी हुन्छ। किनकी यस्ता व्यक्तिको शरिरमा पानीको खपत धेरै हुने गर्दछ।

शरीरमा पानीको कमी भएको कसरी पत्ता लगाउने ?
यदि तपाइको शरीरमा पानीको मात्रा कम भएको छ भने धेरै जसोको पिसाबको रंग पहेलो हुने गर्दछ। त्यसका साथै पाचन शक्ति कमजोर हुने गर्दछ भने छालामा सुख्खापना देखा पर्दछ। यस्तो कुरा थाहा पाएर पानी समयमै नपिउने हो भने पछि यो गम्भीर रोगको कारण पनि बन्न सक्दछ।

एक पटकमा कति गिलास पानी पिउने ?
पानी पिउदा जहिले पनि बसेर बिस्तारै बिस्तारै पिउनु पर्दछ। पानीलाई मुखमा राखेर ३ देखि ४ सेकेण्ड यता उता घुमाएर पिउनु पर्दछ। उभिएर छिटो छिटो पानी पिउनाले किड्नीले पानी सही तरीकाले फिल्टर गर्न सक्दैन। एक पटकमा दुई गिलाससम्म पानी पिउनु उपयुक्त मानिन्छ।

कति बेला पानि नपिउने ?
खाना खाने समयमा कहिल्यै पनि पानी पिउनु हुदैन। यसरी पानी पिउँदा हामीले खाएको खानालाई चाहिने भन्दा धेरै पातलो बनाईदिन्छ। जसका कारण पाचन रस कम मात्रामा निस्किने गर्दछ। त्यसैले पानी सधैँ खाना खाएको ४५ मिनेट देखि १ घण्टा पछाडि मात्र पिउनु पर्दछ। बिहानको खाली पेटमा कम्तीमा पनि १ गिलास पानी पिउनुपर्दछ।

 

प्रकाशित : 17 June, 2021

प्रतिक्रिया दिनुहोस्