विश्वमा कोरोना अपडेटः संक्रमितको संख्या १७ करोड ७८ लाख १९ हजार

काठमाडौं । असार ३, विश्व्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरस विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या १७ करोड ७८ लाख १९ हजार ४४५ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा विश्वमा ३ लाख ९७ हजार ९५९ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।
सोही अवधिमा विश्वभरीमा ९ हजार ४६४ जना संक्रमितको मृत्यु भएको छ । अहिले विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ४९ हजार ४१ पुगेको छ ।
अहिलेसम्म १६ करोड २३ लाख ३० हजार ९३६ जनाले कोरोना मुक्त भईसकेका छन् ।