बलिउड नायक सुनिल सेट्टीले अनमोलसँग नेपाली फिल्म खेल्दै

सहयात्रा टिभी

काठमाडौं । असार ३, बलिउड चर्चित नायक सुनील शेट्टी नेपाली फिल्ममा खेल्ने भएका छन् ।

मुकुन्द भट्टको निर्देशनमा निर्माण हुन लागेको आगामी फिल्म ‘एक्स ९–लेभल १’मा सुनिलले भिलेनको रुपमा देखा पर्ने बताइएको छ ।

सेट्टीले दिनको हिसाबले पारिश्रमिक लिने हुँदा हप्ता १० दिनमा उनको सिन सकिने हुँदा ४० लाख भन्दा बढी पारिश्रमिक दिन सहमती भइसकेको छ ।

नायक अनमोल केसीको भूमिका मुख्य रहेको छ । तिहारपछि छायांकन सुरु हुने फिल्मका लागि उनी नेपाल नै आउनेछन् ।

फिल्मको कार्यकारी निर्मातामा सरोज रिजाल र निर्मातामा यादव प्रसाद पाठक रहेका छन् । यो चलचित्रको छायांकन नेपाल, भारत र यूरोपका विभिन्न देशमा गर्ने तयारी गरिएको छ।
-एजेन्सी

प्रकाशित : 17 June, 2021

प्रतिक्रिया दिनुहोस्