उपत्यकामा असार ७ गते पछि बैंकहरु पूर्णरुपमा सञ्चालन

काठमाडौं । असार ३, निषेधाज्ञा खुकुलो हुँदै गएकाले काठमाडौं उपत्यकामा असार ७ पछि बैंकहरु पूर्णरुपमा सञ्चालनमा आउने भएको छ।
हाल निषेधाज्ञा कारण शाखाहरु पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ। बैंकको शाखा पनि २ बजेसम्म मात्र खुलिरहेको छ। त्यस्तै बैंकर्स संघमा बिहीबार भएको कार्यसमितिको बैठकमा सबै कारोबार खुला गर्ने सहमति बनेको हो।