रानीमहल बाढीको उच्च जोखिममा (फोटो फिचर)

पाल्पा । असार ३, चार दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीले ऐतिहासिक पर्यटकीय महत्व बोकेको रानीमहल यतिबेला जोखिममा परेको छ।
कालीगण्डकी नदीको बहावले रानीमहलको तल्लो भाग कटान गरिरहेको छ। रानीमहल जाने मोटर माटो निर्माण क्रममा रहेकाले माथिल्लो भागबाट यति ठूलो बाढी गएको स्थानीय युवा व्यावसायी बसन्त कुँवरले बताए। रानीमहल नजिकैको सडकसमेत बाढीले भत्किएको छ।