पेरुमाथि ब्राजिलको सानदार जित

काठमाडौं । असार ४, कोपा अमेरिकामा ब्राजिलले पेरुलाई हराएको छ ।
समूह बी को खेलमा पेरुलाई ब्राजिलले ४–० ले हराएको हो । ६ अंकसहित ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै ब्राजिलका लागि एलेक्स सान्ड्रोले १२ औं मिनेटमा पहिलो गोल गरे भने नेयमारले ६८ औं मिनेटमा दोस्रो गोल थपे । तेस्रो गोल भने एरभटन रिबेरोको नाममा रह्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा रिचार्लिसनले चौथो गोल गरे ।
त्यसैगरी समूह ‘बि’ कै आज बिहान सम्पन्न अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले बराबरी खेलेका छन् । यो बराबरीसँगै कोलम्बिया र भेनेजुएलाले एक एक अंक बाँडेका छन् ।
समूह ‘बि’ को पहिलो खेलमा कोलम्बियाले इक्वेडरलाई १-० ले हराएको थियो भने भेनेजुएलाले ब्राजिलसँग ३-० को हार भोगेको थियो । बराबरीपछि दुई खेलबाट ४ अंक जोडेको कोलम्बिया क्वाटरफाईनल नजिक पुगेको छ ।