मनाङमा यार्सागुम्बा सङ्कलनमा हिँडेका सम्पर्कविहीनको खोजीकार्य सुरु

मनाङ । असार ४, यार्सागुम्बा सङ्कलनका लागि हिँडेका ८० जनाको आजदेखि खोजी कार्य सुरु गरीएको छ।
मनाङको नार्फाभुमि गाउँपालिका वडा नम्बर ५ फु गाउँका ८० जना यार्सागुम्बा टिप्न तिब्बतको सिमाना रहेको लेकमा पुगेपछि सम्पर्कविहीन भएको जानकारी आएपछि खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले बताएको छ।
त्यस्तै उनीहरू जेठ १५ गते यार्सागुम्बा सङ्कलन गर्न हिँडेका स्थानीयको भनाई छ।