खराब मौसमका कारण पाँच दिनदेखि हवाई सेवा अवरुद्ध

सहयात्रा टिभी

सिमकोट । असार ४, देशभरसहित हुम्लामा लगातार परेको वर्षाका कारण अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध बनेको छ ।

त्यस्तै निषेधाज्ञाको समयमा पनि नेपालगञ्ज सुर्खेतबाट नियमित उडान भर्दै आएका निजी हवाई उडान खराब मौसमका कारण अवरुद्ध बनेका छन् ।

नेपालगञ्ज सुर्खेतबाट खाद्य व्यवस्था तथा व्यापर कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी, विकास निर्माणका सामग्री, सिमकोटमा भित्रिने दैनिक उपभोग्य वस्तु हवाई सेवाअवरुद्ध हुँदा ठप्प भएको छ । नेपालगञ्ज, सुर्खेतबाट सीता, समिट, तारा एयरले उडान भर्दै आएका छन् ।

प्रकाशित : 18 June, 2021

प्रतिक्रिया दिनुहोस्