वैंकिङ कसूर मुद्दाका फरार रहेका हिरा महर्जन पक्राउ

ललितपुर । असार ४, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ४० वर्षीय हिरा महर्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत ललितपुरको २०७२ पुस १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद सजाय र बिगो समेत गरेको छ ।
१ करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । एजेन्सी