सिन्धुपाल्चोकको बाढीमा भेटिए ठूलो संंख्यामा माछा

काठमाडौं । असार ४, सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी सिन्धुलीको सुनकोसीमा मिसिँदा कोसीको बाढीमा ठूलो संंख्यामा माछा भेटिएको स्थानीयले बताए।
इन्द्रावती नदीको बाढीको प्रभावले सुनकोसीमा बाढी आउँदा सिन्धुलीको सुनकोसी गाउँपालिका गोलञ्जोर गाँउपालिका र फिक्कल गाँउपालिकाका नदीको आसपासमा बसोबास गर्ने स्थानीय सबैले माछा समातेको स्थानीय बासिन्दाले बताएका छन्।