किन जलाइयो अक्षय कुमारको पुत्ला ?
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार ४, बलिउड अभिनेता अक्षयकुमार अभिनित फिल्म ‘पृथ्वीराज’ रिलिजहुनु पहिले नै चर्चामा रहेकोछ ।
हालै फिल्मको टाइटललाई लिएर विरोधमा चन्डीगढमा अक्षय कुमारको पुत्ला जलाइएको छ ।
अखिल भारतीय क्षेत्रीय महासभाका सदस्यले फिल्मको टाइटल परिवर्तन गर्न माग गरेका छन् । यो संगठनले करणी सेनाले भने जस्तै राजाको पुरा नाम ‘सम्राट पृथवीराज चौहान’ टाइटलमा राख्न माग गरेको छ । करणी सेनाले भनेको थियो ‘फिल्म महान राजपुत राजामा आधारित रहेको छ । शीर्षकले यो तथ्यलाई दर्शाउँदै । सिर्फ पृथ्वीराज राख्नु अन्तिम हिन्दु शासकको अपमान हो ।’
‘पृथ्वीराज’ यशराज फिल्मको पहिलो ऐतिहासिक फिल्म हो । फिल्मको परिकल्पना ‘चाणक्य’ नामक दुरदर्शन धारावाहिक बनाउने निर्देशक चन्द्र प्रकाश द्धिवेदीले गरेका हुन् । सञ्जय दत्त र सोनु सुद पनि फिल्मको महत्वपूर्ण भूमिकामा रहेका छन् । एजेन्सी