महाकाली नदीले सतर्कता तह पार गर्‍यो

सहयात्रा टिभी

काठमाडौँ । असार ५, महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ ।

बिहान साढे ६ बजे महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा पानीको सहतले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले बिहान जारी गरेको सूचनामा नदीको पानीले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले महाकाली नदी तल्लो तटिय क्षेत्र डुबान भइरहने होचा स्थानमा बसोबास गर्नेहरूलाई आज साँझसम्मै सतर्क रहन अनुरोध गरिएको छ ।

साथै विभागले सतर्कता अपनाउन अनुरोध गर्दै त्यस क्षेत्रका बासिन्दालाई एसएमएस समेत पठाएको छ ।

प्रकाशित : 19 June, 2021

प्रतिक्रिया दिनुहोस्