जगदम्बा स्टिलमा आगलागी, दुई मजदुरको मृत्यु

बारा । असार ६, बाराको सिमरास्थित जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । आगलागीमा जलेर तीन जना घाइते भएका छन् ।
पाइप वेल्डिङ्ग गर्ने क्रममा विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ । मृत्यु हुनेमा भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारकै सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।
रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी, नवराज चौलागाँई र अवधेस कुसवाहा जलेर घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।