किन लिए अभिनेता अजय देवगनले लिए १९ करोड ऋण ?

सहयात्रा टिभी

काठमाडौं । असार ६, बलिउड अभिनेता अजय देवगनले मुम्बईस्थित जुहु क्षेत्रमा ४७ करोड भारु (७५ करोड नेपाली रुपैयाँ) मा नयाँ घर किनेका छन्।

सो घर किन्न उनले झन्डै १९ करोड भारु ऋण लिएको बलिउड हंगामाले लेखेको छ।

अजयको पुरानो घर ‘शिवशक्ति’ नजिकै भएको नयाँ घर करिब चार सय ७४ वर्ग फिट जग्गामा अवस्थित छ। यो नयाँ घर अजय र उनका आमा वीणा देवगनको नाममा रहेको छ।

अजयको नयाँ घरको वरिपरि अन्य थुप्रै चर्चित बलिउड अभिनेताका घरहरु पनि छन्। अक्षय कुमार, हृतिक रोशन, धर्मेन्द्र र अभिताभ बच्चन उनका छिमेकी भएका छन्।

प्रकाशित : 20 June, 2021

प्रतिक्रिया दिनुहोस्