पोर्चुगलमा एक नेपालीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार ६, वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका लिस्बोनस्थित आईपीयो अस्पतालमा उपचाररत एक नेपालीको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोक स्थायी घर भई करिव ३ वर्ष अगाडि पोर्चुगल पुगेका प्रदीप तामाङको गत बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली संघ, (एनआरएनए) पोर्चुगलले जनाएको छ ।

मृतक तामाङको अन्तिम दाहासंस्कार आज आईतवार विहान १० वजे सिमितेरियो म्युनिसिपाल दि कामारातेमा हुने एनआरएनएले बताएको छ ।

प्रकाशित : 20 June, 2021

प्रतिक्रिया दिनुहोस्