आजको मौसम जानकारी साथै तीन दिनको मौसम पूर्वानुमान

सहयात्रा टिभी

काठमाडौं । असार ७, आज देशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ का केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका पहाडी भू-भागमा पहिरो जाने, नदीनाला तथा खहरेमा पानीको सहतह बढ्न सक्ने छ।

प्रदेश १ का केही स्थान बाहेक प्रदेश २ र लुम्विनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ। हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको पनि महाशाखाले जनाएको छ।

देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको पनि महाशाखाले उल्लेख गरेको छ।

आगामी तीन दिनको मौसमको पूर्वानुमानः

२०७८ असार ७ गते

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र लुम्बिनि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १ का एक/दुइ स्थानमा धेरै भारी वर्षा को सम्भावना छ ।

२०७८ असार ८ गते

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मति प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

२०७८ असार ९ गते

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश, बाग्मति प्रदेश र प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

 

प्रकाशित : 21 June, 2021

प्रतिक्रिया दिनुहोस्