अमेरिकामा सवारी दुर्घटनाः १० जनाको मृत्यु, ५ घाइते
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार ७, अमेरिकाको अलाबामा राज्यमा आँधीका कारण १८ वटा सवारी साधन जुध्दा १० जनाको मृत्यु भएको छ।
त्यस्तै दुर्घटना परी पाँच जना घाइते भएका छन्। आँधीहुरी र चिप्लो सडकमा सवारी साधनले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
समुद्री आँधीका कारण अलाबाको इस्काम्बीय काउन्टीमा कम्तिमा ५० भन्दा बढी घर ध्वस्त भएको बताईएको छ।