‘भिक्टोरियाज सिक्रेट’ ब्रान्ड प्रतिनिधि बनिन् प्रियंका

काठमाडौं । असार ७, बलिउड नायिका प्रियंका चोपडा अमेरिकी लन्जरी कम्पनी ‘भिक्टोरियाज सिक्रेट’को ब्रान्ड प्रतिनिधि बन्न सफल भएकि छिन्।
आफ्नो ब्रान्डको छविलाई पुनः सुधार गर्न ‘भिक्टोरियाज सिक्रेट’ले विविधता भएको प्रतिनिधि छानेको थियो, जसमा प्रियंका चोपडाको नाम पनि सूचीमा परेको डन अखबारले जनाएको छ।
नयाँ प्रतिनिधिहरुमा सुडानी–अष्ट्रेलियन मोडल एडुत अकेच, ब्राजिलियन ट्रान्सजेन्डर मोडल भ्यालेन्टिना सम्पाइओ, प्लस साइज मोडल पालोमा एलेसेर र पत्रकार अमान्डा डी काडेनेट पनि सामेल छन्।
त्यस्तै ‘भिक्टोरियाज सिक्रेट’ले नयाँ प्रतिनिधिहरु ल्याएसँगै आफ्ना पुराना सुपरमोडलहरुलाई हटाउने भएको छ। ‘एन्जल्स’ नामले चिनिने ती सुपरमोडलहरुले ‘भिक्टोरियाज सिक्रेट’को फेसन सो र मोडलिङ अभियानमा प्रतिनिधित्व गरेका थिए।
ब्रान्डले गर्ने प्रतिनिधित्वले ठूलो भूमिका खेल्छ,’ ‘भिक्टोरियाज सिक्रेट’को ब्रान्ड प्रतिनिधि भएको विषयमा प्रियंका चोपडाले आफ्नो ट्विटरमा लेखेकी छिन्, ‘संसारका सबै व्यक्ति महत्वपूर्ण छन् र हामीले उनीहरु छायामा परेका छैनन् भनेर देखाउन जरुरी छ। भिएस कलेक्टिभको संस्थापक पार्टनरको रुपमा म यही काम गर्न चाहन्छु।’
-एजेन्सी