यि कलाकार जसलाई जिवित छँदै श्रद्धाञ्जली ओइरीयो

काठमाडौं । असार ७, मंगलवार मेरी वास्सै कार्यक्रम अनएयर भएपछि ऋद्धाञ्जली दिएको दृष्य देखाईयो ।
उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा वास्तवमै सुरविर पण्डितको निधन भएको भन्दै ऋद्धाञ्जली दिन थालेपछि यो कुरा निकै चर्चामा आयो ।
लगातार एक पछि अर्को मिडियामा आफ्नो निधन भएको समाचार आएपछि पण्डित निकै चिन्तित भए । उनलाई देश विदेशवाट फोन आउन थाले । म जिवितै छु भनेर आफैले फोनवाट भन्नुपर्दा उनलाई निकै समस्या भयो ।
टेलिचलचित्रमा भएको नाटकिय घटनालाई लिएर वास्तविक जस्तै गरी समाचार बनाउँदा विदेशमा रहेका नेपालीहरुले चिन्ता ब्यक्त गर्न थालेपछि उनलाई पनि वास्तवमै नराम्रो लागेको थियो ।