मौसम जानकारीः भारी वर्षाको सम्भावाना

काठमाडौं । असार ८, आज राष्ट्रिय जल तथा मौसम पूवानुमान महाशाखाले देशभरका मौसमको प्रभावबारे विवराण सार्वजनिक गरेको छ ।
देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश न २ र वाग्मती प्रदेशका एक दुई स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।
त्यस्तै आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ।
त्यसैगरी राती पनि देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ।