ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

सहयात्रा टिभी

बागलुङ । असार ८, बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर आज बिहान ६ बजे अनियन्त्रित भईसडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो ।

ट्र्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल ल्याएका थिए ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए ।

प्रकाशित : 22 June, 2021

प्रतिक्रिया दिनुहोस्