आजदेखि उपत्यकाका तीनवटै प्रशासन कार्यालयको सम्पूर्ण सेवा सुचारु

सहयात्रा टिभी

काठमाडौं । असार ८, आजदेखि जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले सबै सेवाहरु सुरु गरेका छन्।

नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस सम्बन्धी सेवा सुरु भएको छ।

त्यसैगरी हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता र अन्य सिफारिसहरु पनि खुला भएका छन्।

प्रकाशित : 22 June, 2021

प्रतिक्रिया दिनुहोस्