हुन्डाई क्रेटा अहिलेको भन्दा ४ लाख कम मूल्यमा पाइने

काठमाडौं । असार ८, विभिन्न भेरिएन्टमा उपलब्ध हुन्डाई क्रेटाको हाल उपलब्ध भेरिएन्ट मध्ये सबैभन्दा सस्तो भेरिएन्ट आउने भएको छ जसको नाम एसएक्स एक्जिक्युटिभ रहने छ ।
एसएक्स एक्जिक्युटिभमा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेलको विकल्प हुनेछ । भारतीय बजारमा एसएक्स भेरिएन्ट भन्दा एसएक्स एक्जिक्युटिभ भेरिएन्टको मूल्य ७९ हजार भारु कम हुने छ ।
त्यस्तै नेपाली बजारमा उपलब्ध पेट्रोल इन्जिनयुक्त हुन्डाई क्रेटाको सबैभन्दा सस्तो भेरिएन्ट एसएक्सको मूल्य ६१ लाख ५६ हजार रुपैयाँ छ । यसका आधारमा आगामी दिनमा हुन्डाई क्रेटाको सबैभन्दा सस्तो भेरिएन्ट एसएक्स एक्जिक्युटिभको मूल्य ४ लाख रुपैयाँ हाराहारीले कम हुने अनुमान गर्न सकिन्छ ।
नयाँ एसएक्स एक्जिक्युटिभ भेरिएन्टमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुलिंक इन्टरनेट कनेक्टिभिटी, स्मार्टफोन कनेक्टिभिटी, बर्गलर अलार्म, आर्कमिस साउन्ड मुड, ड्राइभर रियरभ्यु मिरर, भ्वाइस रिकग्नाइजेसन बटन जस्ता फिचर उपलब्ध हुनेछन् ।