तोलामा छ सय रुपैयाँले बढ्यो सुनको भाउ

सहयात्रा टिभी

काठमाडौं । असार ८, सुन तथा चाँदीको भाउ आज बढेको छ ।

सुन तोलामा छ सय रुपैयाँले बढेर तोलाको ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै हिजो चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । हिजो १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार तीन सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

 

प्रकाशित : 22 June, 2021

प्रतिक्रिया दिनुहोस्