ओमानमा कोरोना संक्रमण नियन्त्रण गर्न रात्रिकालीन कर्फ्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार ८, कोरोना संक्रमणलाई नियन्त्रण गर्न ओमानले आज रातिदेखि अर्को सूचना जारी नभएसम्मको लागि रात्रिकालीन कफर्यु लगाउने भएको छ ।
राति ८ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सार्वजनिक र व्यावसायिक क्रियाकलापमा रोक लगाउने त्यहाँको सरकारी निर्णयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । अत्यावश्यक व्यवसाय सञ्चालनमा भने रोक लगाएको छैन भने होम डेलिभरी सेवा पनि चालु रहने बताईएको छ ।
ओमानमा अस्पतालकोआईसीयूमा मात्रै ३३८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । दुई लाख ४२ हजार ७२३ जनामा संक्रमण पुष्टि भएकोमा दुई लाख १४ हजार निको भएका र दुई हजार ६ सय २६ जनाले ज्यान गुमाइसकेको छ ।