शेयरबजारमा आज हरियाली, १३ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

सहयात्रा टिभी

काठमाडौं । असार ८, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार उच्च अंकको बृद्धि आएको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से ६९.८३ अंकले बढेर दुई हजार ९ सय ४ दशमलब २४ विन्दुमा पुगेको छ भने साढे पाँच अर्बको कारोबार भएको छ ।

आज १३ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा राधी विद्युत कम्पनी, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्श, लिवर्टी इनर्जी कम्पनी, हिमालय उर्जा विकास कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, आखु खोला जलविद्युत कम्पनी, बेष्ट फाइनान्स, छ्याङ्दी हाइड्रोपावर कम्पनी, प्रोगेसिभ फाइनान्स, नेशनल हाइड्रोपावर र जानकी फाइनान्स कम्पनी रहेका छन् ।

 

 

प्रकाशित : 22 June, 2021

प्रतिक्रिया दिनुहोस्