कोपा अमेरिकामा अर्जेन्टिना क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल

सहयात्रा टिभी

काठमाडौं । असार ८, कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले लगातार दोस्रो खेल जितेको छ ।

यस जीतसँगै समूह एको शीर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले अन्तिम खेलअघि नै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

त्यस्तै समूह एको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले हराएको हो ।खेलको १० औं मिनेटमा अर्जेन्टिनाबाट अलेस्यान्द्रो गोमेजले निर्णायक गोल गरे । ।

प्रतियोगिताअन्तर्गत मंगलबार समूह एकै खेलमा चिलीले बोलिभियालाई १-० ले हरायो । चिलीका लागि एन्टोनी बीरेरेटनले निर्णायक गोल गरे ।

त्यस्तै, दोस्रो स्थानको चिलीको ५, तेस्रो स्थानको पाराग्वेको ३, चौथो स्थानको उरुग्वेको १ र पुछारको बोलिभियाको शून्य अंक छ । पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा उरुग्वेलाई हराएको थियो । अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनालो बोलिभियाको सामना गर्नेछ । एजेन्सी

 

 

प्रकाशित : 22 June, 2021

प्रतिक्रिया दिनुहोस्