काठमाडौंको बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार ८, काठमाडौंको बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीय लक्ष्मी परियारको मृत्यु भएको जनाईएको छ ।

घाइते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मंगलबार मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 22 June, 2021

प्रतिक्रिया दिनुहोस्