अत्यन्तै दुःखद् खबर ! कोरोना भाइरसको सङ्क्रमणबाट कर्णालीमा ३०० जनाको मृत्यु

कर्णाली । असार ८, कर्णाली प्रदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ ।
त्यस क्षेत्रमा पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भएयता भने मृतकको सङ्ख्या बढेर ३०० पुगेको बताईएको छ ।
प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना सङ्क्रमण जितेका छन् भने पछिल्लो चौबस्स घण्टामा ३९२ बिरामी सङ्क्रमणमुक्त भएका छन् ।
सङ्क्रमण रोकथामका लागि सुर्खेतसहितका अधिकांश जिल्लाले वैशाख १४ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिएका छन् ।