एप्पलको आईफोन १२ मिनीको उत्पादन बन्द

सहयात्रा टिभी

काठमाडौं । असार ८, एप्पलले आफ्नो सबैभन्दा कम रुचाइएको आईफोन १२ मिनीको उत्पादन आधिकारिक रुपमा बन्द गरेको छ।

त्यस्तै हालै ट्रेन्डफोर्समा आएको एक रिपोर्ट अनुसार आईफोन १२ मिनी उत्पादन नहुने भएको हो। यो डिभाइस एप्पलको वेबसाइटमा भने अझै बिक्रीका लागि उपलब्ध छ भने स्टक नसकिउन्जेल यो जारी रहने तर नयाँ उत्पादन भने नगरिने बुझिएको छ।

आईफोन १२ मिनी आईफोन १२ सिरिजकै सबैभन्दा सस्तो फोन थियो जसको शुरुवाती मूल्य ६९९ डलर तोकिएको थियो।

प्रकाशित : 22 June, 2021

प्रतिक्रिया दिनुहोस्