मध्य भोटेकोसी उच्च जोखिममा

सहयात्रा टिभी

सिन्धुपाल्चोक । असार ८, चीनको स्वशासित क्षेत्रमा अविरल वर्षापछि भोटेकोसीमा आएको बाढीले सिन्धुपाल्चोकको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना जोखिममा परेको छ ।

बाढीले आयोजना स्थलको बाँध र केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भइसकेको बाँध गत वर्षको बाढीले बगाएपछि पुनः बाँध बनाइएको थियो ।

पुनर्निर्माण भइरहेको बाँधलाई बाढीले बगाउने खतरा रहेको आयोजनाले जनाएको छ । भोटेकोसी बाढीले सो क्षेत्रका दर्जनभन्दा बढी जलविद्युत् आयोजना जोखिममा पारेको छ । एजेन्सी

प्रकाशित : 22 June, 2021

प्रतिक्रिया दिनुहोस्